आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम हुँदै



काठमाण्डौ,भदौ २९ । 

आज भदौ २९ गते राष्ट्रिय बाल दिवस । सरकारी तथा गैरसकारी क्षेत्रले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् । आजै बालकल्याण समितिको संयोजनमा राजधानीमा कार्यक्रम हुँदैछ । मध्यान्ह १२ बजेपछि राजधानीको राष्ट्रियसभामा हुने कार्यक्रममा राष्ट्रपति डाक्टर रामवरण यादव सहभागी हुनुहुने कार्यक्रम छ भने दिउँसो २ बजेपछि बालबालिकालाई राष्ट्रपतिसँग भेट गराउने कार्यक्रम रहेको बालअधिकारकर्मी मनोज कँडेलले जानकारी दिनुभयो । सन् १९९० मा सरकारले संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धि महासन्धिमा हस्ताक्षर गरेको दिनको सम्झनामा भदौ २९ गते बाल दिवस मनाउने गरिएको छ । गणतन्त्र अघि भदौ ४ गते मनाउने गरिए पनि गणतन्त्र पछि भने भदौ २९ गते बाल दिवस मनाउने गरिएको हो । यस वर्ष दिवसको नारा हामी सबैको सरोकार, शान्ति, संविधान र सुनिश्चित बालअधिकार राखिएको छ ।

 बालअधिकार महासन्धीमा हस्ताक्षर गरेका मुलुकहरुले बालबालिकालाई खान, बस्न, पढ्न, लेख्न, खेल्ने व्यवस्था अनिवार्यरुपमा गर्नुपर्ने प्रावधान छ । तर नेपालमा भने यस्ता प्रावधान कार्यान्वयन भएको पाईंदैन । अन्तराष्ट्रिय कानून अनुसार १८ वर्ष भन्दा मुनिकालाई बालबालिका मानिन्छ भने नेपालको कानूनले १६ वर्ष मुनिकालाई बालबालिका मानेको छ । सन् २०११ को मानवविकास सुचकांकले नेपालमा कुल जनसंख्याको झण्डै ४९ प्रतिशत बालबालिका रहेको देखाएको छ । ती मध्ये विद्यालय उमेर समुहका झण्डै ६ प्रतिशत बालबालिका अझै पनि विद्यालय जान पाएका छैनन् भने पाँच हजार वालवालिका सडकमा जीवन बिताईरहेका छन । पाँचदेखि १७ बर्ष उमेरका कुल ७७ लाख ७० हजार बालबालिका मध्ये करिब ४० प्रतिशत बालश्रममा संलग्न हुन बाध्य छन् भने ६ लाखभन्दा बढी बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य छन् ।

Related

राष्ट्रिय 3242703902634451189

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item