चार गाविसका सम्पुर्ण महिला सहकारीमा
http://sindhulidarpan.blogspot.com/2012/09/sindhuli_13.html
चिना थापा ,सिन्धुली भदौ २८ ।
सिन्धुलीको चार वटा गाविसका महिला सहकारीहरुले गाविसका सत प्रतिशत महिलाहरुलाई सहकारीमा आबद्ध गराएको छ । रतनचुरा,भद्रकाली ,जलकन्या र भिमेश्वर गाविसका सतप्रतिशत महिलाहरु सहकारीमा आबद्ध भएको आज एक कार्यक्रममा जानकारी गराईएको छ । भद्रकाली गाविसमा रहेको परिर्वत महिला सहकारी जसमा ८ सय ५३ घरधुरी रहेका छन् भने ९ सय ८१ घरधुरी रहेका छन् । रतनचुरामा रहेको महिला शक्ति वचत सहकारी संस्था जसमा ५ सय ४५ घरधुरी रहेका छन् भने ६ सय ९० शियर सदस्य रहेका छन् । भिमेश्वरमा रहेको जनजागरण महिला सहकारी संस्थामा ४ सय घरधुरी रहेका छन् भने ५ सय १७ शियर सदस्य रहेका छन् । जलकन्या गाविसमा रहेको जलकन्या महिला वचत सहकरी संस्थामा ३ सय ९२ घरधुरी रहेका छन् भने ४ सय ६२ शियर सदस्य रहेका छन् । चार वटा सहकारीले प्रत्येक वडाका २२ सय
१६ घर धुरीका महिला तथा वालबलिकालाई सहकारीमा आबद्ध गराएर शत प्रतिशत महिला सहकारीमा आवद्ध गाविस घोषणा गर्न सफल भएका हुन् । निमित्त स्थानीय विकास अधिकारी सागर कुमार ढकालको अध्यक्षता तथा प्लान नेपालका प्रोगाम युनिट म्यानेजर बद्री श्रेष्ठको प्रमुख आतिथ्यता तथा सहायक प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनीधिहरु राजनीतिक दलका प्रतिनीधिहरु ,गाविस सचिवहरु, पत्रकारकार लगाएत सतप्रतिसत महिला सहकारीमा
आवद्ध गाविसका महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बद्री श्रेष्ठले सतप्रतिशत महिला सहकारीमा आबद्ध गराउन शसक्त भुमिका निर्वाह गर्ने सहकारी प्रति खुशि व्यक्त गर्दै यसलाई जिल्ला भरी नै बृहत तरिकाले विस्तार गर्नुपर्ने र अन्य गाविसका सहकारीहरुले पनि यो कार्यको अनुसरण गर्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै जनजागरण महिला सहकारी संस्था भिमेश्वरका सचिव शुसिला बस्नेतले आफुहरु सहकारीमा आवद्ध भए पछि विगतको अवस्थामा साहु माहाजनबाट धितो राखेर रिण लिनु पथ्र्यो भने अहिले सहकारी मार्फत थोरै व्याजमा रिण लिएर आफूले चाहे अनुसारको व्यवसाय सन्चान गर्न सफल भएको बताउनुभयो । उहाले महिलाहरुको आर्थिक अवस्था पनि सुध्रीदै गएको बताउँदै महिलाहरु सहकारी मार्फत आत्मनिर्भर बन्दै गएको बताउनुभयो । गाउँविकास समितिको कार्यालय रतनचुरा, भद्रकाली, भिमेश्वर र जलकन्याको संयुक्त आयोजनामा भएको कार्यक्रममा शत प्रतिशत महिलाहरु सहकारीमा आवद्ध गराउन सफल चार वटा सहकारी , प्लान नेपाल र सहमती संस्थालाई कदर पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहकारी सम्वन्धी चेतना मूलक गितहरु पनि प्रस्तुत गरिएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !