प्रहरी महानिरीक्षकमा कुवेरसिंह राना नियुक्त



काठमाण्डौ,भदौ २८ । 

सरकारले प्रहरी महानिरीक्षकमा कुवेरसिंह रानालाई नियुक्त गरेको छ । आज बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले रानालाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । बहालवाला महानिरीक्षक रविन्द्रप्रताप शाहले भोलिदेखि अनिवार्य अवकाश पाउनुहुने भएपछि सरकारले आज महानिरीक्षकमा रानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

 बहालवाला प्रहरी महानिरीक्षकले अवकाश पाउनुभन्दा एक महिनाअघि नै नयाँ महानिरीक्षकको नियुक्ति गर्नुपर्ने प्रहरी सङ्गठनमा प्रचलन रहे पनि उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच कुरा नमिल्दा वहालवाला महानिरीक्षकले अवकाश पाउने एकदिनअघि मात्र नयाँ महानिरीक्षक नियुक्तिको निर्णय भएको हो । 

गृहमन्त्री गच्छदारले अतिरिक्त महानिरीक्षक भीष्म प्रसाईलाई महानिरीक्षक बनाउनुपर्नेमा जोड दिदै आउनुभएको थियो । यसैबीच नवनियुक्त महानिरीक्षक रानाले आजै पदभार ग्रहण गर्दै हुनुहुन्छ भने बहालवाला प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले आजदेखि औपचारिक बिदा लिँदै हुनुहुन्छ । यसैबीच आज बसेको मन्त्रिपरिषद्को बैठकले आईसीसी वल्र्ड क्रिकेट लिग डिभीजन ४ का विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई तीन–तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय पनि गरेको छ ।

Related

राष्ट्रिय 1128948353484920594

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item