भारत लैजानै लाग्दा युवतीको उद्धार



नवलपरासी,भदौ २८  । 
नवलपरासीको मुकुन्दपुरबाट ललाईफकाई एक युवतीलाई भारत लैजादै गरेको अवस्थामा स्थानीयबासिले उद्धार गरी संलग्नहरुलाई ईलाका प्रहरी कार्यालय गैडाँकोटमा बुझाएका छन् । मुकुन्दपुरकी राधिका धितालसहित तीन जना मिलेर मुकुन्दपुरकी १७ वर्षीय एक युवतीलाई मोवाइलसमेत किनिदिएर भारत बेच्न लागेको थाहा भएपछि उद्धार गरिएको हो । महिला स्वावलम्वन बचत तथा ऋण सहरकारी संस्था, परालिगल गाउँ कमिटी र सामुदायिक सेवा केन्द्रले बाटोमा ल्याउदै गरेको अवस्थामा शंका लागेर केरकार गर्दा भारत लैजान लागेको पुष्टि भएकाले प्रहरीको जिम्मा लगाईएको  मुकुन्दपुरका गुप्त रेग्मीले बताउनुभयो ।

 असारदेखि नै ढकाललाई उनीहरुले फकाउने गरेको उजुरी संस्थामा परेपछि निगरानी गर्दा  उनीहरु पक्राउ गरिएको महिला स्वावलम्बन बचत तथा ऋण सहरकारी संस्थाकी व्यवस्थापक कौशिल्या धितालले बताउनुभयो । भारत बेच्न नभएर आफन्तको होटलमा काम गर्न लैजान लागिएको राधिका धितालले बताएको ईलाका प्रहरी कार्यालय गैडाँकोटले जनाएको छ  ।

Related

विविध 798647992753895446

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item