महोत्तरीमा दलित महिलाले जन्माइन् तिम्ल्याहा



महोत्तरी, भदौ २७  । 

महोत्तरी जिल्लामा दलित महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । 
सदरमुकाम जलेश्वर नगरपालिका–७, बजराही निवासी राजीव महराकी पत्नी हेमाले अञ्चल अस्पताल जनकपुरमा दुई छोरा र एक छोरी जन्माएकी हुन् । आमासहित तीनवटै शिशु स्वस्थ्य रहेको अस्पताल स्रोतले जनाएको छ । बिहे भएको तीन वर्षपछि एकैसाथ तीन शिशुका बुबा बनेका राजीव निक्कै खुसी भएको बताउनुभयो । उहाँले परिवार गरिव भएको भन्दै तीन शिशुको स्याहार गर्न एकैसाथ कठिनाइ उत्पन्न हुन सक्ने गुनासो गरे ।

Related

विविध 2028718719503487293

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item