चरेससहित भारतीय नागरिक पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/09/drugs.html
धादिङ, भदौ २७ । धादिङमा प्रहरीले लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध आठ किलो चरेससहित बैरेनी प्रहरीले भूमेस्थानको सिम्ले नजिकैबाट भारत कोलकता घर भएका आनन्द अग्रवाललाई पक्राउ गरेको प्रहरी सहायक निरीक्षक पदम थापाले बताउनुभयो । अग्रवाललाई जिल्ला प्रहरी कार्यालयले प्रतिबन्धित लागूऔषध ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !