२४ जना जेष्ठ नागरिकलाई सर्लाहीमा सम्मान
http://sindhulidarpan.blogspot.com/2012/09/news_5132.html
सुरेश बिडारी,सर्लाही,भदौ २७ ।
सर्लाहीको कालिन्जोर घारीबथानमा २४ जना जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । कालिन्जोर गाविसको आयोजनामा गाविसका ८५ वर्ष माथिका २४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वृद्ध वुवाहरुलाई कमिज सुरुवाल र आमाहरुलाई साडी चोलोको साथमा नगद २ सय रुपैया प्रदान गरेर सम्मान गरिएको गाविस सचिव गोवन्द प्रसाद ढुङगेलले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !