मालपोतलाई फोहोरी शौलालयको प्रमाण पत्र
http://sindhulidarpan.blogspot.com/2012/09/certified.html
हेटौंडा,भदौ २७ ।
विभिन्न कामहरु गरेर चर्चामा आइरहने मकवानपुरका प्रमुख जिल्ला अधिकारीले मकवानपुरको मालपोत कार्यालयलाई शौचालय दुरावस्था सम्बन्धि प्रसंसापत्र दिएर फेरि चर्चामा आउनु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णहरी पुष्करले कार्यालयको फेसबुक पेजमा मालपोत कार्यालयका प्रमुख जीवनाथ अधिकारीलाई सम्बोधन गरेर यस्तो प्रमाणपत्र दिएका हुन् ।
पुष्करले सक्कलै प्रमाणपत्र पनि मालपोत कार्यालयमा पठाइ दिनुभएको छ । निजामती सेवा दिवसका अवसरमा सबै सरकारी कार्यालयहरुलाई प्रजिअ पुष्करले शौचालय सफा राख्न निर्देशन दिनुभएको थियो । निर्देशनसँगै सबैभन्दा फोहोर शौचालय हुनेलाई नकारात्मक मूल्यांकन गर्दै सार्वजनिकरुपमा कार्यालयको मुल्यांकन होस् भन्दै यस्तो प्रमाण पत्र दिइएको फेसबुक पेजमा उल्लेख छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !