कार्यक्रम “सहयोगी हातहरु” ले जुटायो कौमाया तामाङलाई सहयोग
http://sindhulidarpan.blogspot.com/2012/09/help_12.html
काठमाण्डौ,भदौ २७ ।
लामो समयदेखि मुटुको समस्याबाट पिडित २२ वर्षिया कौमाया तामाङको उपचारको लागि काठमाण्डुको ज्ञानेश्वर निवासी जिवन कृष्ण राय र विजय कुमार सैनीले रु.६१,००० प्रदान् गर्नुभएको छ । काठमाण्डुको मेरो एफएमले सीआइएनमार्फत देशभरिका ६० वटा सामुदायिक रेडियोहरुबाट प्रसारण हुदै आइरहेको रेडियो कार्यक्रम “सहयोगी हातहरु” मार्फत् कौमायालाई सहयोग जुटेको हो ।
कार्यक्रम सुनेपछि प्राप्त रकम आज एफएमको कार्यालयमा कौमायाको श्रीमान दलबहादुर गोलेलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममार्फत नै यसअघि ५५ हजार रुपैया संकलन भइसकेको गोलेले बताउनुभयो । मुटुको भल्व सहित गंगालाल हस्पिटलले निःशुल्क उपलब्ध गराउने भएपछि अप्रेशन तथा औषधी खर्चबापत करिब एकलाख ५० हजार लाग्ने जनाइएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !