महानिरीक्षक नियुक्ति विवाद राम्रो हाईन :अधिकारी
http://sindhulidarpan.blogspot.com/2012/09/news_3970.html
काठमाण्डौ,भदौ २७ ।
नेपाल सरकारका पूर्व प्रशासक एवम प्रहरी अधिकारीहरुले प्रहरी महानिरीक्षक नियुक्तीमा हुने लविङले प्रहरी संगठनलाई नराम्रो ढंगले राजनीति हावी गराएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा पूर्व गृहसचिव उमेश मैनालीले राजनीतिक दलहरुले प्रहरी प्रमुखबाट भविष्यमा आफ्नो पक्षकालाई नियुक्तिका लागि मरिहत्ते गर्ने गरेको दाबी गर्नुभयो । उहाँले यस पटक पनि प्रहरी अधिकारीहरुको बढुवा र नियुक्तिमा राजनीतिक चलखेल भइरहेको बताउनुभयो ।
अर्का पूर्व गृहसचिव खेमराज रेग्मीले राजनीतिक दलहरुले जनताको मतमाथि विश्वास नगरेर प्रहरीको शक्तिको दुरुपयोगमा विश्वास गरेकोले अहिलेको अवस्था आएको आरोप लगाउँदै महानिरीक्षकको विषयमा भएको चर्चा नेपाली जनतामाथिको अपमान भएको दावी गर्नुभयो । उहाँले प्रशासकहरुले अडान नलिंदा राजनीतिक चलखेल हाबी हुँदै गएको बताउनुभयो ।
पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले महानिरीक्षक नियूक्तीमा अहिले भएको चर्चा गलत भएको भन्दै यसले प्रहरी संगठनमा गुटबन्दी बन्ने बताउनुभयो ।
पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अनन्तराम भट्टराईले एक महिनामा पनि महानिरिक्षक नियूक्त गर्न नसक्नु सरकारको नालायकिपन भएको भन्दै अहिलेको चर्चाले प्रहरी भित्र चरम गुटबन्दी निर्माण गर्ने आशंका गर्नुभयो । उहाँले प्रहरी संगठनभित्र २०५० साल देखि राजनीतिक हस्तक्षेप हुन थालेको खुलासा पनि गरे ।
पूर्व प्रहरी वरिष्ठ उपरिक्षक बसन्तराज कुवँरले २०४८ सालपछि प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप सुरु भएको भन्दै प्रहरी अधिकारीहरुको बढुवामा आर्थिक चलखेल हुने गरेको दाबी गर्नुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !