आइएफजेका महासचिवद्वारा नेपाली पत्रकारिताको प्रशंसा



काठमाण्डौ,भदौ २७ ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) का महासचिव वेथ कोस्टाले नेपाली पत्रकारले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र  श्रमजीवी पत्रकारका हितका सम्बन्धमा निर्वाह गरेको भुमिकाको प्रशंसा गर्नुभएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेसँग बेल्जियमको  ब्रसेल्सस्थित अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को मुख्यालयमा आज भएको भेटघाटमा महासचिव कोस्टाले नेपाली पत्रकारहरु आफ्नो सुरक्षा र व्यावसायिक हितका लागि एकतावद्ध भएर अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

त्यस अवसरमा महासंघका  अध्यक्ष  गाउँलेले नेपालमा प्रेस स्वतन्त्रताको स्थिति, पत्रकारको  अवस्था र सूचनाको हकको पालना सम्बन्धमा जानकारी गराउँदै बढ्दो दण्डहिनता र खस्कँदो मानवअधिकारको अवस्थाले पत्रकारहरुलाई आफ्नो व्यावसायिक कर्तव्य पूरा गर्न कठिन भैरहेको बताउनु भएको पत्रकार महासंघले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

Related

राष्ट्रिय 5346577240170358539

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item