देशभर विपी जयन्ती मनाइदै
http://sindhulidarpan.blogspot.com/2012/09/blog-post_9.html
काठमाण्डौ,भदौ २४ ।
नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको आज ९९ आँै जन्मजयन्ती कांग्रेसले दशेभर मनाउँदैछ । पार्टी कार्यालय सानेपामा बिहान कांग्रेसले कार्यक्रम राखेको छ । अहिले पनि नेपाली कांग्रेसले विजीको समाजलाई आत्मसाथ गरिरहेको छ । विसं १९७१ भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मनुभएका कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व हुनुहुन्थ्यो । जहानिया राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बिपी २०१५ सालमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध बिपीले जनतालाई सार्व भौमसत्तासम्पन्न बनाउन जीवनभर राजनीतिक सङ्घर्ष गर्नुभयो र यसका लागि पटकपटक जेल र निर्वासनमा बस्नुपरेको थियो ।
राष्ट्रियता नै खतरामा परेको विश्लेषण गर्दै बिपी यसअघिको निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परित्याग गरी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्कनुभयो । बीपी जनता र राष्ट्रको हितका लागि निर्णय लिनुपर्ने घडीमा देशको एकमुठ्ठी माटो छातीमा राखी विचार गर्नुपर्छ भनी आफ्ना समकालीन नेताहरुलाई आग्रह गर्नुहुन्थ्यो । उहाँले २०३३ सालमा स्वदेश फिर्ता हुदा मेलमिलापलाई यसरी ब्याख्या गर्नुभएको थियो । २०३६ सालमा जनमतसङ्ग्रह, २०४२ सालमा नेपाली काँग्रेसद्वारा सत्याग्रह र २०४७ सालमा जनआन्दोलनबाट पञ्चायती व्यवस्था समाप्त भई बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्रादुर्भाव भयो । ‘मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने नेता बिपीले प्रधानमन्त्री हुँदा सबै जनतालाई १५ वर्षभित्र आर्थिक र सामाजिकरुपमा मध्यमस्तरमा पु¥याउने अठोट गर्नुभएको थियो । तर उहाँको दुई तिहाईको बहुमत प्राप्त सरकारलाई तत्कालीन राजा महेन्द्रले शाही ‘कू’ द्वारा विघटन गरी बिपीलाई जेल हालेका थिए । विसं २०३९ साल साउन ६ गते उहाँको अर्बुद रोगबाट ६८ वर्षको उमेरमा उहाँको निधन भएको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !