बर्षाका कारण भारत न्युजील्याण्ड विचको पहिलो टी–२० खेल रद्ध
http://sindhulidarpan.blogspot.com/2012/09/sports_9.html
काठमाण्डौ,भदौ २४ ।
गएराति हुने भनिएको भारत न्युजील्याण्डको पहिलो टी–२० खेल बर्षाका कारण रद्ध भएका छन् । भारतको विशाखापट्नममा नेपाली समय अनुसार सवा ७ बजे देखि हुने भनिएको खेल बर्षाका कारण रद्ध भएको छ । टस नहुदै मुसलधारे पानी पर्न थाले पछि खेल रद्ध गरिएको घोषणा गरिएको थियो । खेल रद्ध भएको घोषणा भएपछि क्रिकेट सर्मथकहरु निराश भएका थिए । दुई टी – २० खेलको सिरिजको दोस्रो खेल मगंलबार भारतको चेन्नईमा हुने छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !