गुल्मीमा बस दुर्घटना ९ जनाको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/09/accident.html
गुल्मी,भदौ २४ ।
तम्घासबाट काठमाण्डौका लागि छुटेको डाँक बस दुर्घटना हुदाँ ९ जनाको मृत्यु भएको छ । विहान तम्घासवाट काठमाण्डुका लागि छुटेको वस लु १ ख ५५ ८३ नम्वरको वस दुर्घटना भएको हो । स्थानीयवासीहरुले अहिलेसम्म ९ जनाको मृत्यु भएको जनाएपनि प्रहरीले भने ८ जनाको मात्रै पुष्टि गरेको छ । घटनास्थलमा रहेका पत्रकार युगराज वस्यालले दिएको जानकारी अनुसार वस क्षतविच्छेद अवस्थामा रहेको छ । दुर्घटनामा ज्यान गुमाएकाहरु कसैको पनि सनाखत हुन सकेको छैन ।
दुर्घटनामा घाईते भएकाहरुको उद्धार गर्दै स्वास्थ्य संस्था पठाईएकोले घाईतेहरुको ऐकिन विवरण आउन सकेको छैन् । वस गुल्मीको श्रृङ्गा र लुम्छाको बिचमा दुर्घटना भएको हो । स्थानीय बासी र प्रहरीले घाईते उद्धार गरीरहेका छन । बस सड्क देखि २ सय ५० मिटर तल खसेको छ । बसले बिहान २४ जनाको चलानी बुझेको पश्चिम नेपाल बस व्याबसायी समिती तम्घासले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !