हाइटेन्सन पिडीतलाई आदीवासी जनजातिले सहयोग गर्ने



पोष्टराज पहाडी,सिन्धुली,भदौ २४ । 
खिम्ती ढल्केबर २२० केभी विद्युत प्रशारणलाइनबाट  पिडीत सिन्धुलीका बासीन्दाको मुद्धालाई नेपाल आदीवासी जनजाती जिल्ला समन्वय परिषद सिन्धुलीले अगाडी सार्ने भएको छ । 
शनिबार हाइटेन्सन पिडीत र आदीवासी जनजाती जिल्ला समन्वय परिषद सिन्धुलीका पदाधीकारीहरु विच भएको छलफलले सो मुद्धालाई आदीवासी जनजाती जिल्ला समन्वय परिषद मार्फत अगाडी सारेर कानुनी रुपमा अगाडी बढ्ने सहमती भएको छ । आदीवासी जनजाती जिल्ला समन्वय परिषद सिन्धुलीका अध्यक्ष सुर्य पाख्रीनले स्थानीय जनताको मागलाई सम्बोधन नगरेर उल्टै विना सुचना सुरक्षाकर्मी खटाएर आयोजनाले पोल तथा तार विस्तार गर्ने कार्य गरिरहेकोले मानव अधिकारको उल्लङघन गरेको ठहरी कानुनी रुपमा अगाडी बढ्ने बताउनुभयो । ‘आयोजना र प्रशासनको मिलेमतोमा ऐतिहासीक एवं पुरात्वातीक स्थल तथा मानवबस्तिमा पोल तथा तार विस्तार गर्ने कार्य भइरहेको छ, उहाँले भन्नुभयो –‘यसरी मानव वस्तीबाट पोल तथा तार विस्तार गर्दा मानवअधिकार उल्लङघन भएको छ, अव हामी उनिहरुको मुद्धालाई कानुनी रुपमा अगाडी बढाउन सहयोग गर्छौ ।’
उहाँले हाइटेन्सन पिडीतका मुद्धाहरु ओझेलमा पारेर आयोजनाले आफुखुसी कार्य गदै गएमा विभिन्न मानवअधिकारवादी संघ–संस्थाको सहयोगमा कानुनी लडाइ लड्न आफुहरु तयार हुने बताउनुभयो । अध्यक्ष पाख्रीनले कानुनी लाडाई लड्नका निम्ती आफुहरुले कानुनविद्ध तथा कानुनी निकायहरुसँग परामर्श  गर्ने बताउनुभयो । त्यसका लागि उहाँले मानव अधिकार वकिल समूह लगायतका संघ संस्था सँग सल्लाह लिने तयारी गरिएको उहाँको भनाई छ । साथै उनले यदि आयोजनाले अटेर गरेमा आफुहरु आदीवासी जनजातीसँग सम्बन्ध राख्ने दक्षिण एसियाली मानव अधिकार आयोग तथा सर्वोच्च अदालत  सम्म पुग्न समेत तयार रहेको उल्लेख गर्नुभयो । 
हाइटेन्सन पिडीतहरुले सिन्धुली जिल्लामा पर्ने ऐतिहासीक सिन्धुलीगढी तथा पूरानबस्तिहरुमा समेत पोल गाड्ने र बस्ती विस्थापीत गर्ने कार्य गरेको भन्दै आन्दोलन गर्दै आइरहेका छन् । उनिहरुले जतिसुकै जग्गाको मुआब्जा दिए पनि आफुहरुलाई मान्य नहुने भन्दै अन्यत्रबाट लैजानुपर्ने माग राख्दै आएका छन् । ऐतिहासीक सिन्धुलीगढी तथा बस्तीमा गरी जम्मा हाइटेन्सनको छ वटा पोल पर्नेछन् । हाइटेन्सन पिडीत कमलामाई नगरपालीका–७ पानीट्याङ्कीका डम्बर आलेले ति पोलहरु अन्यत्रबाट लैजानुपर्ने र मानवबस्तीलाई विस्थापित गराउन नपाइने बताउनुभयो । उहाँले आफुहरुको एक मात्र माग प्रशारण लाइन अन्यत्रबाट तथा बस्ती छलेर लानुपर्ने रहेको बताउनुभयो । आलेले आक्रोश व्यक्त गर्दै आयोजनाले जनतालाई झुक्याउने र विना सुचना मनलाग्दी काम गरेको बताउनुभयो । आदीवासी जनजाती जिल्ला समन्वय परिषद सिन्धुलीका पदाधीकारी र आफुहरुविच शनिबार भएको छलफलबाट कानुनीरुपमा अगाडी बढ्ने सहमती भएकोले  यसै अनुरुप अघि बढ्ने उहाँको भनाई छ । 

हाइटेन्सन पिडीत र आयोजनका पदाधीकारी तथा स्थानीय प्रशासन र राजतिक दलहरुका विच गत भदौ १२ गते वार्ता भएको थियो । सो वार्ताबाट पनी आशालाग्दो निष्कर्ष ननिस्किएको हाइटेन्सन पिडीतको गुनासो रहि आएको थियो । सो वार्तामा केहि समयमै  मानवबस्ति रहेको सो पोल विस्तार गरिएको क्षेत्रमा चाडैनै सडक निर्माणको लागि सर्वे गर्ने र सर्वे पछि दुइ पक्ष बसेर समस्या समाधानको पहल गरिने निर्णय भएको थियो । श्रोतका अनुसार त्यसबेला भएको दुइपक्ष विचको वार्तामा सो विद्युत प्रशारण लाइनमा पर्ने जग्गामा सडक निर्माण गरेपछि सडक वरपर १५÷१५ मिटर वरपरको जग्गा धनिलाई जग्गाको मुआब्जा दिने बताइएको थियो ।  सो वार्तामा विद्युतले सोझै मुअब्जा दिन नमिल्ने भएकोले सो क्षेत्रमा सडक निर्माण गरि सडक विभाग मार्फत मुअब्जा दिलाइने भनि सडक निर्माणको सर्वे गर्ने भनिएको थियो । 

Related

फोटोखबर 9119579867536215395

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item