डिभिजन ४ क्रिकेटमा नेपालको लगातार दोस्रो जित



काठमाण्डौ,भदौ १९ ।
विश्व क्रिकेट लिग डिभिजन ४ मा नेपालले आज आफ्नो दोस्रो जित दर्ता गराएको छ । हिजो सिंगापुरलाई ५ विकेटले हराएको नेपालले आज तान्जिनियालाई ८ विकेटले हराउँदै अपराजित यात्रा जारी राखेको हो । ८३ रनको लक्ष्य पाएको नेपालले १९ दशमलव ४ ओभरमा २ विकेट खर्चेर लक्ष्य भेटाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले आउट नभई सर्वाधिक २८ रन बनाए भने कप्तान पारस खड्काले १५ र सुवास खकुरेलले २० रन जोडे । टस जितेर ब्याटिङ गरेको तान्जिानियाले ३१ दशमलब ४ ओभर खेल्दै ८३ रनको सामान्य लक्ष्य पेश गरेको थियो । सुरुवाती नै खराव प्रदर्शन गरेको तान्जिनियाले ९ विकेटको क्षतिमा ८२ रन बनाएको थियो । अब नेपालले पर्सी मलेसियासँग खेल्नुपर्नेछ । मलेसियालाई पनि पराजित गरेमा नेपाल डिभिजन ३ मा प्रवेश गर्नेछ । हिजो र आजको उत्कृष्ट प्रर्दशनका कारण नेपालको रन रेट पनि बढेको छ । प्रतियोगिता अन्तर्गत आजका अरु दुई खेलमा अमेरिका र डेनमार्क तथा मलेसिया र सिंगापुर भिडिरहेका छन् ।

Related

प्रमूखखबरहरु 1304469622990493698

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item