मधेसी युवतीहरुले दाइजो प्रथाका कारण राम्रो शिक्षा नपाएको गुनासो



सचिता बुढाथोकी ,सर्लाही,भदौ १९ । 
सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने विभिन्न गाविसका मधेसी समुदायका युवतीहरुले आफूहरुले दाइजो प्रथाका कारण राम्रो शिक्षा नपाएको गुनासो गरेका छन् । धेरै पढाउँदा दाईजो दिन नसक्ने भन्दै अभिभावकहरुले कम पढाउने गरेको उनीहरुले बताएका छन् । दाइजो कै कारण कतिपय अभिभावकले छोराछोरीलाई नपढाउने गरेको इश्वरपुरबाट लालबन्दी विवाह गरेर आउनुभएकी मसीनी महतोले बताउनुभयो । बेला, बबरगन्ज, किसनपुर, ईश्वरपुर, सुकचना, बसतपुर, बगेवा, हरिपुर लगायतका युवतीहरुले धेरै पढाउदा दाईजो दिनुपर्ने भन्दै आफुहरुलाई पढन नपाएको उनीहरुले गुनासो गरेका छन ।

 सबै अभिभावकहरु अशिक्षित भएका कारण जिल्लाको दक्षिणि क्षेत्रमा कक्षा १० भन्दा माथि पढने युवती भेट्न मुस्कील पर्ने गरेको मसिनीले जानकारी दिनुभयो । विद्यालयमा समेत छात्रको तुलनामा छात्राको संख्या एकदमै न्युन रहेको स्थानीय शिक्षकहरुले बताएका छन् । छोरीलाई धेरै शिक्षित बनाउन हुदैन भनेर कक्षा १० पढेपछि गाँउमा उमावि पनि नभएको बहानामा पढनका लागी अन्य ठाँउमा नपठाउने गरेको पाइएको छ । आफुहरुलाई पढन रहर लागेपनि अभिभावका कारण पढाईबाट बन्चीत हुनु परेको युवतीहरुको गुनासो रहेको हामं्रा समाचार सहयोगी जनार्जन खत्रीले जनाएका छन् । 

Related

विविध 1907026279887792064

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item