सिन्धुलीका मानवहादुरलाई १३ हजार सहयोग



सिन्धुली,असोज १३ । 
सिन्धुली वस्तिपुरका चट्याङ पिडित मानबहादुर लुङ्गेलीको परिवारलाई स्थानिय संघ संस्था तथा क्लवले आज १३ हजार १५ रुपैया आर्थिक सहयोग गरेको छ । उक्त रकम स्थानियवासिहरुवाट संकलन गरिएको र आर्थिक सहयोगका साथै ८ मुरी धान समेत संङ्कलन गरी सहयोग गरेको क्लवका सदस्य नहकुल दर्लामीले जानकारी दिनुभयो । 

गएको भदौ २४ गते चट्याङ् पर्दा मान वहादुरको घरमा भएका गाई, भैसी, लत्ताकपडा तथा घरमा भएका सम्पूर्ण सामग्रीहरु पूर्ण रुपमा नष्ट भएको थियो । साथै मानवहादुर पनि चट्याङ् लागेर घाइते भएका थिए । उनको अहिले उपचार भैसकेको स्थानिय क्लवका सदस्य नहकुल दर्लामीले जानकारी दिनुभयो । छरछिमेक तथा सिंगो समाजले आफूलाई सहयोग गरेकोमा खुसी व्यक्त गर्दै मान वहादुरले सहयोग गर्ने सवैलाइ धन्यवाद दिनुभएको छ ।  

Related

प्रमूखखबरहरु 3962836531615644128

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item