कोइरालालाई मञ्चमै आक्रमण







बचाउने क्रममा दुई जना घाईते

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई आज विहान काठमाडौंमा आक्रमणको प्रयास भएको छ । काठमाडौं क्षेत्र नम्वर–४ स्थित कपनमा कांग्रेसको क्षेत्रीय सम्मेलन उद्घाटन गर्न पुगेका कोइरालालाई स्थानीय प्रवेश बस्नेत नामक व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् । कोइरालाई आक्रमणको प्रयास पछि केही समय सम्मेलनस्थल तनाव पूर्ण भएको थियो ।

मादक पदार्थ सेवन गरेर कार्यक्रममा पगेका बस्नेतले मञ्चमा उक्लिएर कोइरालालाई झ्यालको फ्रेमले प्रहार गर्न खोजेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । कोइरालासँगै छेउमा रहेका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पनि बचाउको प्रयास गरेका थिए ।

कोइरालालाई प्रहार गर्न बस्नेतले साथमा ल्याएको झ्यालको फ्रेमले लागेर कांग्रेस क्षेत्र नम्वर–४ का सचिवद्वय श्याम संगत र नर्मदा पोखरेल घाईते भएका छन् । पोखरेलको टाउकोमा गम्भीर चोट लागेको प्रवक्ता लामिछानेले बताउनुभयो । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

सभापति कोइरालालाई मञ्च उक्लिएर आक्रमणको प्रयास गर्ने बस्नेतलाई कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् । बस्नेतलाई कुटपिट पछि बौद्ध प्रहरीको जिम्मा लगाईएको छ ।

आक्रमणको प्रयास भए पनि सभापति कोइरालाई कुनै चोटपटक नलागेको लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार बस्नेतले सभापति कोइरालालाई आक्रमण गर्नुको कारण खुल्न सकेको छैन । सभापति कोइराला माथि आक्रमणको प्रयास भए पछि कार्यक्रमस्थलमा बौद्ध प्रहरीले सुरक्षा बढाएको छ ।



Related

कैलालीमा झडप

कैलाली, जेठ २  । कैलाली जिल्लमा अखण्ड सुदूरपश्चिम समर्थक र एमाओवादीवीच दोहोरो झडप भएको छ । धनगढीको क्याम्पस रोडमा जम्मा भएका अखण्ड सुदूरपश्चिम समर्थकलाई एमाओवादीका कार्यकर्ताले आक्रमण गरे...

वीरगन्जमा झडप

पर्सा (वीरगन्ज),  जेठ २ । बृहत मधेसी मोर्चाले आह्वान गरेको एकदिने तराई बन्दको क्रममा आज बिहान पर्सामा झडप भएको छ ।  पर्साको डाइपोर्टमा रहेको ना३ख ४३४८ नम्बरको ट्रकलाई बन्द आह्वान...

बन्दले जनजीवन अस्तव्यस्त

नेपालगन्ज,  जेठ २ । विगत १० दिनदेखि विभित्र राजनीतिक दल, पेसागत सङ्गठन तथा सङ्घर्ष समिति र समूहको नाममा हुने गरेको निरन्तरको बन्द, हडताल, चक्काजामले पश्चिम नेपालका नागरिकको जनजीवन अस्तव्यस्त ब...

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item