अवैध भीओआइपी सञ्चालनक पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/09/voip.html
अवैध भिओआईपी सञ्चालन गर्ने पवनकुमार खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
ईन्द्रायणी–९ स्थित हरिबहादुर खड्काको घरमा डेरा लिएर भिओआइपी सञ्चालन गर्दै आएका २९ वर्षीय खड्कालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय केही युवाहरुले टेलिफोनको करोडौं राजश्वमा असर पर्ने गरेर भिओआईपी सञ्चालन गर्ने गरे पछि प्रहरीले सो गतिविधी नियन्त्रण गर्न अभियाननै चलाउँदै आएको छ ।
उदयपुर जिल्ला त्रियुगा नगरपालिका–१५ स्थायी घर भएका खड्का हाल जोरपाटी–३, नयाँबस्ती बस्दै आएका थिए । प्रहरीले अवैध भिओआइपी सञ्चालनमा प्रयोग गरेका विभित्र उपकरणहरु समेत बरामद गरेको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !