भारतमा सात नेपालीको मृत्यु




दार्चुला, भदौ । १८  दार्चुला जिल्लासँग सीमाना जोडिएको भारतीय धारचुलामा सडक खन्दा पहिरोमा पुरिएर सात जना नेपालीको मृत्यु भएको छ ।

पाँग्वा भन्ने स्थानमा आइतबार पहिरोमा पुरिएर सात नेपालीको मृत्यु भएको हो । पुरिएर दुई जना घाइते भएका छन् । सडक खन्ने क्रममा पहिरो झरे पछि उनीहरुको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा बैतडी जिल्ला विशालपुर गाविस घर भएका ४३ वर्षीय मानध्वज लोहार, ३५ वर्षीय विशनराम भूल, ३२ वर्षीय श्याम भूल, ४० वर्षीय सन्तोष लोहार, ३० वर्षीय रामी लोहार, ३५ वर्षीय वीरेन्द्रराम सोनी र ४९ वर्षीय झुपुराम सोनी रहेका छन् ।

घाइते हुनेमा विशालपुर–९ का २६ वर्षीय मानसिह लोहार र सर्मोली–८ का नरेश तिरुवा रहेका छन् ।

Related

विविध 5806539265047792281

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item