तयार भयो 'शिरिषको फूल'



- साहित्यकार पारिजातद्धारा लिखित बहुप्रतिष्ठित साहित्यीक कृति ‘शिरिषको फूल’ माथि आधारित सिनेमा ‘शिरिषको फूल’ को हिजो जय नेपाल हलमा प्रिमियर सो गरिएको छ । झण्डै चार वर्ष लगाएर निर्माण सम्पन्न गरिएको सिनेमाको प्रिमियर सोमा सिनेकर्मी, सञ्चारकर्मी तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कृति ‘शिरिषको फूल’ नेपाली साहित्यमा सर्वाधिक चर्चा पाउन सफल मध्येको एक कृति हो । शुन्य दर्शनमा आधारित कृतिमा दोस्रो बिश्व युद्धबाट भागेको सिपाही सुयोगवीर तथा मध्यम वर्गीय परिवारका शाकम्बरी, मजुरा प्रमुख पात्र हुन् । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड विश्व विद्यालयको पाठ्यक्रममा समेत समावेश ‘शिरिषको फूल’ लाई सिनेमाको रुप दिने प्रयास चार वर्ष अघि गरिएको हो ।


यस सिनेमामा गणेश लामा सुयोगवीरको, शर्मिला गुरुङ शाकम्बरीको र सौजन्य सुब्बा मुजुराको भूमिकाका छन् । सिनेमालाई जापानीज् नागरिक तोसिआकी इतोहले निर्देशन गरेका छन् । त्यस्तै सिनेमामा निर्देशक इतोह र नयनराज पाण्डेले पटकथाको रुपमा दिएका हुन् । नेपालमा भने सिनेमा ‘शिरिषको फूल’ हेर्न दर्शकहरुले केही समय कुर्नुपर्ने भएको छ । फिल्म फेस्टिबलमा सहभागि गराए पछि दर्शकका लागि सिनेमा सार्वजनिक गर्ने विचारमा निर्माण पक्ष रहेको छ । -  मेरो सिनेमा

Related

मनोरञ्जन 4848890480462129164

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item