गाउँमा अझै बस्दैनन् गाविस सचिव



पोष्टराज पहाडी,सिन्धुली,भदौ १९ । 
सरकारले सम्बन्धित गाविसको कार्यालयमै नियमित बसेर सर्वसाधारणलाई सेवा प्रवाह गर्नदिएको निर्देशनलाई सिन्धुलीका अधिकांश गाविस सचिवले अवज्ञा गरिरहेको पाइएको छ । सुरक्षालगायत अन्य प्रतिकूल परिस्थिति नरहे पनि उनीहरु गाउँमा नपुगी सिन्धुली सदरमुकाममै बस्दै आएका छन् । 
 यसले गाविसको नियमित कामकारबाही प्रभावित हुनुका साथै सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । पछिल्लोपटक स्थानीय विकास मन्त्रालय र जिल्ला विकास समितिले सचिवलाई गाउँमै बस्न पटकपटक निर्देशन दिए पनि अटेर गरिरहेका छन् । सिन्धुलीको खोलागाऊ गाविस– ९ का पुण्य प्रसाद फुयाँलले गाउँमा  फाट्ट – फुट्टमात्रै सचिव देखिने बताउनुहुन्छ  । पहिलेजस्तो असुरक्षा केही छैन,’ फुयाँल भन्छन् तर सचिव नियमित बस्दैनन् । यसले विकास निर्माण तथा अन्य सेवा प्रवाहमा स्थानीयलाई समस्या हुने गरेको छ ।’ उनले गाविस सचिव नियमित कार्यालयमा नबसेको प्रति स्थानीयबासीको गुनासो रहेको  बताउनुभयो । उनका अनुसार महिनाको एकपटक गाविस बैठकमा मात्रै पुग्छन् । 
जन्म, मृत्यु दर्ता तथा विभिन्न सिफारिसका काम प्राविधिक सहायकले गर्ने र सहीछापका लागि सचिव खोज्दै सिन्धुली  आउनुपर्ने बाध्यतामा स्थानीय बासिन्दा छन् । सिन्धुलीको ककुरठाकुर गाउ विकास समितीका –३ का स्थानियबासी गोपाल तामाङले गाउँबाट २ दिन लगाएर सदरमुकाम आउने गरेको बताउदै भन्नुहुन्छ – ‘सचिव गाउँ नबस्ने र सदरमुकाममा पनि नभेटिँदा नागरिकता बनाउन, मालपोत तिर्न वृद्ध भत्ता लिन, पञ्जीकरण सिफारिस गराउन समस्या पर्ने गरेको छ ।’ तामाङ थप्छन्– ‘एउटा नागरिकता बनाउन ३/४ दिन लाग्ने अवस्था छ, जनताले निकै सास्ती बेहोर्नुपरेको हो ।’
यसैगरि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता बनाउन आइपुगेका हरिहरपुरगढी २ का दुर्गा बहादुर घलानले  गाउमा नबस्ने गाविस सचिवलाई सदरमुकाममा आइपुग्दा समेत भेटाउन मुस्किल पर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ कतिपयलाई जिविसको सेरोफेरोमा देख्न पाइए पनि अधिकांश कता हुन्छन फोन नम्बर लिएर खोज्न हिँड्नुपर्ने हुन्छ ।’ 
गाविस सचिव हकहित संरक्षण मञ्च सिन्धुलीका उपाध्यक्ष विष्णु काफ्लेले गत श्रावण महिना देखि नै आफुहरु काममा फर्कीसकेको र गाउँमै रहेको बताउछन् । काफ्ले धेरै जसो गाविस सचिवहरु गाँउ फर्किसकेको जिकिर गर्छन ।  स्थानिय विकास अधिकारीले समेत निर्देशन दिइसकेकोले आफुहरु गाउमै बस्दै आएको बताए । तर गाउँमा नबस्ने आरोप लागेका खोलागाऊ गाविसका सचिव अच्युतम प्रसाद घिमिरेले भने आफुमात्र गाउमा नबस्ने नभएर जिल्लाका कतिपय गाविस सचिवसमेत गाउ नफर्केको खुलासा गर्नुभयो । उहाँ भन्नुहुन्छ म मात्र नभएर अरु गाविस सचिवहरु पनि गाउमा फर्कि सकेका छैनन् । ’ ‘पहिले यता र उता दुबैतिर बसिन्थ्यो ’ तर अहिले धेरै समय गाउमै बस्ने गरि फर्कीदै छौ ।’ 
यता जिल्ला विकास समितीका योजना अधिकृत सुरेन्द्र थापाले आफुहरुले सबै सचिवहरुलाई गाउ फर्कीन निर्देशन समेत दिएको बताउनुहुन्छ । उहाँले जिल्लामा १३ गाविसमा  सचिव नभएर एउटै सचिवले २ गाविस पनि हेर्नुपर्ने बाध्यताले पनि सचिवहरु गाउ जान नसकेको हुन सक्ने बताछन् । उहाँले सरकारी निर्देशन अनुसार सचिवहरुले गाउ फर्किनुपर्ने भन्दै त्यस्तो पाइएमा कानुन अनुसार सरकारको निर्देशन अनुसार कारबाहि गरिने  बताउनुभयो । 
सरकारले यही भदौ १२ गतेभित्र सम्बन्धीत कार्यक्षेत्रमा जान गाबिस सचिवलाई निर्देशन दिइसकेको छ । गाविस सचिवले विभिन्न परिस्थिति देखाई सदरमुकाम वा गाविस क्षेत्रबाहिरबाट कामकाज सञ्चालन गरिरहेको कारणबाट सर्वसाधारणलाई सेवा प्रवाह गर्न तथा अन्य विकास निर्माणका काममा प्रत्यक्ष प्रतिकूल असर परिरहेको भन्दै सचिवलाई गाविसमा अनिवार्य उपस्थित भई कामकाज गराउन निर्देशन दिइएको थियो । निर्देशनमा सम्बन्धित कार्यालयमै अनिवार्य हाजिर भई कामकाज गर्न लगाउने, गाविसबाहिर रहेर कार्यसञ्चालन गर्ननदिने उल्लेख छ । गाविस बाहिर रहेर काम गरेको पाइएमा स्थानीय विकास अधिकारी जिम्मेवार हुनुपर्ने र स्थानिय विकास अधिकारीले सचिवलाई कारबाही गर्नसक्ने निर्देशनमा छ ।उनीहरु फर्किए/नफर्किएको बारेमा पनी अनुगमन गर्न मन्त्रालयले स्थानीय बिकास अधिकारीलाई जिम्मेवारी दिएको छ  । अनुगमन प्रभावकारी नभएमा स्थानीय बिकास अधिकारीलाई पनि कारबाही गर्ने मन्त्रालयले जनाएको छ । 





Related

स्थानिय 1660614725305901611

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item