सिन्धुलीमा अनुगमनमा तिब्रता
http://sindhulidarpan.blogspot.com/2012/09/foods.html
मिनकुमार दाहाल ,सिन्धुली, असोज १३ ।
जिल्ला प्रशासन कार्यालयले सदरमुकाममा रहेका खाद्यन्य तथा मिठाई पसलहरुमा अनुगमन तथा निरिक्षणलाई तिव्रता दिएको छ । अनुगमनमा जिल्ला प्रशासन,क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका खाद्य निरिक्षक,जिल्ला प्रहरी कार्यालय,उपभोक्ता मन्च,उद्योग वाणिज्य संघ तथा कमलामाई नगरपालीका प्रतिनिधीहरुको सहभागीता रहेको छ । अनुगमन गर्दा कैफियत भेटीएका पसलका प्रोपाईटरहरुलाई कार्यालयमा हाजिर गराई आवश्यक कारवाही अगाडी वढाउने प्रकृया भैरहेको अनुगममा संलग्न जिल्ला प्रशासनका हरि पन्थीले जानकारी दिएका छन् । अनुगमन समितीले विहिवार र शुक्रवार कमलामाई नगरपालीका भित्रका विभिन्न पसलहरुको अनुगमन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार कमलामाई नगरपालीका– ६ मा रहेको कोसेली डेरी उद्योगले उत्पादन गरेको ध्यु ल्याव परिक्षणको लागी हेटौडा पठाईएको छ । त्यसै गरी निशा किराना पसलमा विक्रीको लागी राखिएको वेसार,धनिया,खान योग्य नरहेको,कविता किराना पसल कृषि वजार विक्रीको लागी राखिएको कागतिको रस,उमंग प्रिमियम सजी,सन्तुलाको जुस तथा ससको म्याद सकिएको अनुगमन समितीले फेलापारेको छ ।
यसै गरी भुवनेश्वरी प्रधानको पसलवाट सेन्चुरी हल्दी पाउडर,कजली गोल्ड खुर्सानी पाउडर,विष्कुट तथा खुल्ला राखिएको दालमोटको ल्याव परिक्षणको लागी हेटौंडा पठाइएको अनुगमनमा संलङ्गन क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका खाद्य निरिक्षक दिनेश ढुङ्गानाले वताउनुभयो ।
त्यसै गरी अनुगमन गर्दा सुजन खाजा घरवाट सुन्तलाको पेय पदार्थ ल्यावपरिक्षणको लागी हेटौडा लगिएको छ । हिमेश श्रेष्ठ विएस स्टोर्स र सन्तोष चिया पसल र सन्तोष मिष्ठान्न पसलवाट म्याद सकिएको खाने तेल भेटीएको प्रशासन कार्यालयले जनाएको छ । म्याद सकिएका खाद्य पदार्थलाई अनुगमन समितमीले जिल्ला प्रशासन कार्र्यालय अगाडी आगो लगाएर दिएको छ ।
तस्विरमा : सिन्धुलीको कमलामाई नगरपालीका क्षेत्र भित्रका पसलहरुमा जिल्ला अनुगमन समितीले अनुगमन गर्दा भेटीएका,म्याद सक्कीएका खाद्य पदार्थलाई जिल्ला प्रशासन कार्यालय अगाडी नष्ट गर्दै ।
तस्विरमा : सिन्धुलीको कमलामाई नगरपालीका क्षेत्र भित्रका पसलहरुमा जिल्ला अनुगमन समितीले अनुगमन गर्दा भेटीएका,म्याद सक्कीएका खाद्य पदार्थलाई जिल्ला प्रशासन कार्यालय अगाडी नष्ट गर्दै ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !