सभापतीमा तिन जनाको उम्मेदवारी




सिन्धुली,असोज १२  ।

नेपाली काँग्रेस नगर समितीको सभापती पदमा तिनजनाले उम्मेदवारी दर्ता गराएका छन् । शनिवार हुने निर्वाचनमा सभापतीको लागी दिवाकर पौडेल,कृष्णहरि थापा(अनिल) र होमकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । नगर सचिवमा कमलकुमार पोखरेल र राजेश कुवरले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितीले जनाएको छ । 

त्यसै गरी समितीको कोषाध्यक्षमा मोहनकुमार ढकाल निर्विरोध निर्वाचित भएका छन् । आठ जना नगर समिती सदस्यको लागी विमला शर्मा,यमवहादुर श्रेष्ठ,भवानी कार्की,शमसेरवहादुर सार्की,निर्मल थापा,झपडप्रसाद देवकोटा,वालकृष्ण आले,गणेश सिलवाल,सन्तोष गिरि तथा उज्जव ढकालले उम्मेदवारी दिएको निर्वाचन समितीले जनाएको छ । 


Related

स्थानिय 5787739890459250030

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item