भारतमा पनि नेपाली नम्बर प्लेटको गाडीमा रोक
http://sindhulidarpan.blogspot.com/2012/09/indian-bus.html
भैरहवा,असोज १२ ।
नेपालमा भारतीय नम्बरको सवारी साधन गुड्न नदिएको विरोधमा भारतीय पक्षले पनि नेपाली नम्बर प्लेटका सवारी साधन गुड्न रोक लगाएको छ । नेपाल भारत सिमा नाका सुनौलीमा भारतीय पक्षले नेपाली नम्बर प्लेटका सवारी साधन गुड्नमा रोक लगाएको हो ।
नेकपा माओवादीका कार्याकर्ताहरुले हिजोदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेपालमा गुड्न नदिएको र हिजो राती चितवनमा केही गाडीहरु तोडफोड भएको भन्दै त्यसको विरोधमा भारतीय भूमिमा पनि नेपाली गाडी गुडनमा रोक लगाएको ईलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।
एक अर्काको देशमा रहेका सवारी साधनहरुलाई निर्वाध रुपमा दुबै पक्षले फर्किन दिएपनि प्रवेशमा भने रोक लगाएका छन् । नेपालमा भारतीय गाडी गुड्न जहिलेसम्म रोक लगाइन्छ, त्यतिन्जेलसम्म भारतीय भूमिमा पनि नेपाली गाडी गुड्न नदिने भारतीयहरुको भनाइ छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !