प्रेमिकाको मृत्यु, प्रेमी असक्त




मोरङ, असोज १२ ।

 बिराटनगरमा बिष सेवनबाट प्रेमिकाको मृत्यु भएको छ भने प्रेमी गम्भीर विरामी परेका छन् । सुनसरी जिल्लाको दुहवी–५ बस्ने १९ बर्षीया सरस्वती माझीको बिष सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

माझीसँगै रहेका इलाका प्रहरी कार्यालय दुहवी सुनसरीमा कार्यरत प्रहरी जवान रामकुमार चौधरी भने असक्त अवस्थामा फेला परेका थिए । प्रेमी र प्रेमिकाबीच मनमुटाव भएपछि दुबैले सँगै बिष सेवन गरेको प्रहरी अनुमान छ ।

उनीहरु बिहीबार बिराटनगर उपमहानगरपालिका–३ स्थित सुपर गोरखा होटल एण्ड लजमा बसेका थिए ।

उनीहरुले कोठा नखोले पछि शंका लागेर होटल साहुले जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएका थिए । प्रहरी टोलीले ढोका फोडेर हेर्दा माझीलाई मृत र चौधरीलाई बेहोस अवस्थामा फेला पारेको प्रहरी भनाई छ ।

असक्त प्रहरी जवान चौधरीलाई थप उपचारका लागि धरानस्थित घोपा अस्पताल लगिएको छ । उनीहरुले ‘रोगोन’ नामक बिषादी सेवन गरेको अनुसन्धनबाट खुलेको छ ।

Related

राष्ट्रिय 1688158691051456747

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item