बेलायती सहयोग



काठमाण्डौ,भदौ १९ ।
बेलायती अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडि)ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि नेपाललाई २५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव लालशङ्कर घिमिरे र डिएफआइडीका नेपाल प्रमुख डोमिनिक ओनिइलले सहयोग उपलब्ध गर्ने सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।  प्राप्त सहयोगले भूकम्पीय जोखिम व्यवस्थापनमा आवश्यक नीतिगत सुधार गर्न, जोखिम न्यूनीकरण क्षमता बढाउन र राष्ट्रिय र अन्तर्राष्ट्रिय आपत्कालीन अवस्थामा तयारीका लागि आवश्यक उपाय अवलम्बन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा सहसचिव घिमिरेले नियोगको सहयोगले भूकम्पीय जोखिम व्यवस्थापन र न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


Related

प्रमूखखबरहरु 6346078711032913077

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item