सर्लाहीको सडक जिर्ण अवस्थामा




सर्लाही,असोज ५ । 

सर्लाहीको दक्षिणी क्षेत्रमा रहेको अधिकांश सडकहरुको अवस्था अहिले जिर्ण रहेको छ । सडकको मर्मत संम्भार राम्रोसँग नभएकोले सडकहरुमा खाल्डो भएको र खाल्डोहरुमा पानी जमेकोले सडकहरु हिलाम्य बनेको हो । जिल्लाको मलंगवा नवलपुर सडकखण्ड, हुलाकी सडकखण्ड, फुलपरासीदेखि समिावर्ती भारतसम्म जाने सहायक सडकखण्ड तथा सलेमपुरदेखि बरहथवा जाने सडकहरुको अवस्था जिर्ण छ । 

सडकको मर्मत संम्भारको लागि बर्सेनी  बजेट विनियोजन गरिए पनि राजनीतिकदलहरुको आपसी भागवण्डाले सडकको मर्मत सम्भार हुन नसकेको स्थानीयबासिन्दाको गुनासो छ । सडको मर्मत संम्भार हुन नसक्दा अहिले वर्षायाममा सर्वसाधारणलाई आवतजावत गर्न कठिनाई भइरहेको छ ।  

Related

विविध 6869207168077905118

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item