आपाङ्ग भत्ताको दुरुपायोग गरेको भन्दै गाविसमा तालाबन्दी




पर्वत,असोज ८ । 

नेपाल सरकारले  लक्षितवर्ग अन्तर्गत आपाङ्गताहरुको लागि दिदै आएको भत्ता गाविस सचिवले पूरा नदिई दुरुपायोग गरेको भन्दै आपङ्ग सञ्जाल शकार पोखरी पर्वतले  गाविस कार्यलयमा अनिश्तिकालीन तालाबन्दी गरेकोछ । पटकपटक भत्तादिने  आश्वसन दिएर ठग्न खाजेको उनीहरुले आरोप लागाएका छन् । गाविस सञ्जालको भेलाले क्षतिपूर्तिको माग गदै कार्यलयमा तालाबन्दी गरेको हो । 

आर्थीक वर्ष ०६८÷६९ मा गाविसका झण्डै ७२ जना अपाङ्गहरुलाई छुट्टिएको रकम माग्न जाँदा यस पटकको बजेटमा घाटा भएको भन्दै गाविस सचिव जयप्रसाद यादव उम्कन खोजेकोे संजालका अध्यक्ष टोपबहादुर विकले जानकारी दिनुभयो । गाविसका राजनीतिक दलहरु सहितको संयन्त्रको बैठकले  अपाङ्गहरुलाई ५० हजार रकम छुट्टाए पनि जम्मा २५ हजार मात्र अपाङ्ग संजालको खातामा पठाएको तर हात नपरेको उहाँले बताउनुभयो । लक्षितवर्गका लागि छुटाईएको रकम विकास निर्माणका काम खर्च गर्ने गरेको स्थानियले बताएका छन् । तर गाविस सचिव यादवले घाटा बजेट भएका कारण सबै एकमुष्ट रकम उपलब्ध गराउन नसकेको र आपौचारिक जानाकारी नदिई ताला लागाउनु कानुन विपरीत भएको भन्दै आपति जनाउनुभयो ।

Related

प्रमूखखबरहरु 3095675270743329372

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item