राजधानीका नदी सफा गर्ने अभियान आजदेखि सुरु



काठमाण्डौ,असोज ८ । 

आजदेखि राजधानीमा रिभर अफ पीस अभियानन शुरु हुदैछ । गुहेश्वरीबाट शुरुहुने अभियानमा करिव दश हजार सहभागी हुने क्याम्पेनका सदस्य सचिव विन्दुराज अधिकारीले जानकारी दिनुभयो । अभियानकोे शुरुवातमा गुहेश्वरी देखि प्रयागघाट सम्म समुहिक रुपमा सरसफाइ गरिने छ ।  नदी सरसफाइ र तिनीहरुको सम्भतासहितको पुनःस्थापना गर्न युवालाई जागरुक बनाउने उद्देश्यले अभियान चलाउन लागिएको जानकारी उहाले बताउनुभयो ।

 विभिन्न संघसस्था, उद्यमी, व्यवसायी, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु, स्कुल, क्याम्पससँग सहकार्यमा क्याम्पेन आयोजना गरिएको हो । एक हप्तासम्म चल्ने क्याम्पेनको दौरानमा काठमाण्डुमा उपत्यका तथा वरपरका क्षेत्रमा वर्तमान समयका चुनौती, विभिन्न प्रकारका प्रदुर्षण तथा पर्यावरणीय असन्तुलन, नदीहरुको दुरावस्थाका विषयमा गरिएको अध्यन पनि सार्वजनिक गरिनेछ ।

Related

विविध 3726471472109087915

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item