प्रचण्ड आरामको लागि पोखरामा

http://sindhulidarpan.blogspot.com/2012/09/prachanda.html
पोखरा,असोज ८ ।
एकीकृत नेकपा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आरामको लागिभन्दै पोखरा जानु भएको छ । पोखरामा रहँदा प्रचण्डले पार्टीका नेता कार्यकर्ता तथा पारिवारिक भेट गर्ने कार्यक्रम पनि रहेको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
पोखरामा आज प्रचण्डले लामो समयदेखि पोखरामा विमास्थल निर्माणको माग गर्दे आन्दोलनमा उत्रिएको बिमानस्थल निर्माण सरोकार समितिका पदाधिकारीसँग भेट गर्नुहुने भएको छ ।
सडक मार्ग हुदै हिजो पोखरा आइपुग्नु भएका अध्यक्ष प्रचण्डले आज विमानस्थल अगाडी रिले अनसनमा बसेका अनसनकारी लाई भेटपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत नेकपा माओबादी कास्की संयोजक झलक तिवारीले जानकारी दिनु भएको छ । आज प्रचण्डले सम्बोधन गर्ने भएपछि आन्दोलनमा लागेका पोखरेलीहरु उत्साहित भएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !