हिमपरिहोमा ज्यान गुमाउने सबैको खनाखत

http://sindhulidarpan.blogspot.com/2012/09/news_24.html
गोरखा,असोज ८ ।
आठ हजार एक सय मिटर उचाइको मनास्लु हिमाल आरोहण गर्ने क्रमममा हिमपहिरोमा परेर मृत्यु भएका सबैको सनाखत भएको छ । परिहोमा परेर १८ जना घाइते भएका छन् । तेस्रो आधार शिविरमा सुतिरहेको समयमा हिमपहिरोले पुरेर एक्सपी डट कम ट्रेकिङ कम्पनी, थाम सेर्कु ट्रेकिङ कम्पनी, चोयु ट्रेकिङ कम्पनी, हिमालयन गाइड ट्रेकिङ कम्पनी र सेभेन समिट ट्रेकिङ कम्पनीका नौ जनाको मृत्यु भएको सम्बन्धित कम्पनीहरुले जानकारी दिएका छन् । मृत्यु हुनेहरुमा एक्सपी डट कम ट्रेकिङ कम्पनीबाट हिमाल आरोहण गर्न गएका फ्रान्सका नागरिकहरु लुडो छल्लेट, फेब्रिक प्रेज, क्याथ्रिन रिकार्ड, फिलिप्पे बोस र क्यानेडियन नागरिक डोमिक्यू रहनु भएको छ ।
त्यस्तै एक्सपी कम्पनीबाट गएका क्ल्युड बेलम्सास, थोमस गे्रनिर र अरनाउड मनेल हिमपहिरोमा परी घाइते हुनु भएको छ । मृत्यु हुने अन्यमा सेभेन समिट कम्पनीका स्पेनी नागरिक मार्टी गासुल, थाम सेर्कु कम्पनीका क्रिस्टिन मिट्टेरमियर रहनु भएको छ भने राल्फ रिस्के र यन्ड्रिस रेइटर घाइते हुनु भएको छन् । घाइतेलाई हेलिकोप्टरबाट काठमाण्डौ ल्याइसकिएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै चोयु ट्रेकिङ्ग कम्पनीबाट गएका सोलुखुम्बु जिल्लाका २८ बर्षीय दावा दोर्जे शेर्पा र इटलेली नागरिक अल्बर्टो मेग्लियानोको मृत्यु भएको कम्पनीले जानकारी दिएको छ । हिमालयन ट्रेकिङ्ग कम्पनीबाट गएका दुई फ्रान्सेली नागरिक रेम्मी लेसक्लुस र ग्रिगोरी कोस्टा विेपता रहेको बताइएको छ । लामो समयदेखि हिमपहिरोभित्र रहेकाले उनीहरुको पनि मृत्युको आशङ्का गरिएको छ ।
सात जनाको समूहमा गएका उनीहरुमध्य अन्य सकुशल उद्धार गरिएको कम्पनीले जनाएको छ । शब काठमाण्डौँ लैजाने क्रममा उत्तरी क्षेत्रमा मौसम प्रतिकुल हुँदा शब लिएर गएका हेलिकप्टर हिजो दिउँसो ३ बजे देखि घटनास्थल फर्कन सकेको छैन । सिम्रिक र फिस्टेल एयरको तीन वटा हेलिकप्टर उद्धारका लागि हिजा दिउँसो घटना स्थल पुगेको थिए । मृत्यु हुने दुईजनाको शव काठमाण्डौ पु¥याइसकेको र अन्य सातको घटनास्थलमा नै रहेको गोरखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बसन्त कुँबरले जानकारी दिनुभयो । यसपटक हिमाल आरोहण गर्न २५ वटा समूहका सदस्यहरु त्यहाँ पुगेका थिए । ती मध्य कति सकुशल रहेका र कति जना हराइरहेका भन्ने बारे अन्यौल रहेको मनास्लु हिमाल रहेको गोरखाको सामागाउँका बासिन्दा बीरबहादुर लामाले जानकारी दिनुभयो । बेपत्ताहरुको खोजीका लागि आज बिहान फिस्टेलका दुई र सिम्रिक एयरको एक हेलिकप्टर घटनास्थलमा गएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !