बेरुजु फछ्र्यौटमा सिन्धुली प्रथम

http://sindhulidarpan.blogspot.com/2012/09/sindhuli_24.html
जिविसमा २० प्रतिशत अनुदान थपीने
पोष्टराज पहाडी,सिन्धुली,असोज ८ ।
जिल्ला विकास समिती सिन्धुली ८९ प्रतिशत बेरुजु फछ्र्यौट गरि प्रथम भएको छ । आर्थीक वर्ष ०६७÷०६८ सम्ममा रहेको केन्द्रिय बेरुजुमध्ये ८९ प्रतिशत बेरुजु फछ्र्यौट गरि ७५ जिल्ला मध्ये प्रथम हुन सफल भएको हो । द्धितिय हुने भक्तपूर जिल्लाले ७२ प्रतिशत मात्र बेरुजु फछ्र्यौट गरेको छ । यसैगरि प्रथम भए बापत जिल्ला विकास समिती सिन्धुलीका कर्मचारी पुरस्कृत समेत भएका छन् । पुरस्कृत हुनेहरुमा स्थानीय विकास अधिकारी, आलेप अधिकृत तथा २ जना लेखा हेर्ने कर्मचारी रहेका छन् । उनिहरुले प्रतिव्यक्ति ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कार प्राप्त गरेपछि आगामी दिनमा जिल्ला विकास समितीमा रहेको सम्पुर्ण काम कार्यवाहि गर्न प्रोत्साहन थपिएको स्थानीय विकास अधिकारी ध्रुव बहादुर खड्काको भनाई छ ।
यसैगरि जिल्ला विकास समिती सिन्धुलीलाई नियमित अनुदानमा २० प्रतिशत थपीने भएको छ । आर्थीक वर्ष ०६७÷०६८ को न्युनतम शर्त तथा कार्य सम्पादन मापन (MCPM) को नतिजा अनुसार ७५ जिल्ला विकास समिती मध्ये १६ औ स्थानमा पर्न सफल भएकोले नियमित अनुदानमा २० प्रतिशत थपीने भएको स्थानीय विकास अधिकारी खड्काले बताउनुभयो । उहाँले भन्नुभयो –‘न्युनतम शर्त तथा कार्य सम्पादनको नतिजा अनुसार जिल्ला विकास समिती सिन्धुली १६ औं स्थानमा पर्न सफल भएको छ, यसको नियमित अनुदानमा २० प्रतिशत थपीने भएको छ । यसरी अनुदान थप हुँदा जिल्लाको विकास निर्माण कार्यमा थप टेवा पुग्ने देखिन्छ ।’

त्यस्तै जिल्लाका गाउ विकास समितीको हकमा बालाजोर, सित्तलपाटी र महादेवस्थान भन्दा बाहेक अन्य गाउ विकास समितीहरुले आर्थिक वर्ष ०६७÷०६८ को न्यूनतम शर्त पूरा गर्न सफल भएको जिल्ला विकास समितीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !