हिमपहिरोमा नौ जनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/09/death_23.html
पोखरा, असोज ७ । गोरखा जिल्लास्थित मनास्लु हिमालमा हिमपहिरोमा परेर आज ९ जना आरोहीको मृत्यु भएको छ । हाल सम्म फेला परेका शव मध्ये एक जना नेपालीको पनि मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा बाबुदोर्जे शेर्पा रहेका छन् । ८ वटा जर्मन नागरिकका शव फेला परेका छन् । घटनास्थलबाट १२ जनालाई जीवितै उद्धार गरिएको छ ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी डोलराज ढकालले हिमपहिरोमा ९ जनाको मृत्यु भएको जानकारी दिए । सामा–४ स्थित मनास्लु हिमालको ७ हजार उचाईमा रहेका दोस्रो र तेस्रो क्याम्पमा बसेका आरोहीहरु हिमपहिरोमा परेका हुन । उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । घटनाका सम्बन्धमा पूर्ण विवरण आई सकेको छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !