चार खेलकुद पत्रकार कारबाहीमा

http://sindhulidarpan.blogspot.com/2012/09/journalist_23.html
काठमाडौं,असोज ७ । नेपाल लोकतान्त्रिक खेलकुद पत्रकार संघले आफ्ना चारजना सदस्य सञ्चारकर्मीलाई कारबाही गरेको छ । संघको आज राजधानीमा भएको विशेष साधारणसभाले पत्रकार श्रीविक्रम भण्डारी, राधेश्याम दाहाल, मनोज घिमिरे र रामसुदन तिमिल्सिनालाई विधानविपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको हो ।
संघले विज्ञप्ति जारी गरेर उनीहरुले विधान विपरीतका कार्य गरेकाले निष्काशन गर्नु परेको उल्लेख गरेको छ । संघले रिक्त कार्यसमितिको उपाध्यक्ष पदमा नारायण उपाध्यायलाई र कार्यसमितिको सदस्यमा फणीन्द्र फुयाललाई मनोनयनसमेत गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !