बाँदरलाई गोली हान्दा पत्नीको मृत्यु छुरा प्रहारबाट दाङमा युवकको हत्या

http://sindhulidarpan.blogspot.com/2012/09/murder_23.html
रुकुम, असोज ७ । रुकुम जिल्लामा बाँदर ठानेर गोली चलाउँदा आफ्नै पत्नीको मृत्यु भएको छ ।
रुकुमकोट–१ बस्ने ६३ बर्षीय बेदप्रसाद पुनले शनिबार बाँदर भनी भरुवा बन्दुक पड्काउँदा कुवामा पानी भर्न गएकी ५२ वर्षीया पत्नी बसन्ती पुनको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ । उनले बाँदर ठानेर गोली चलाउँदा पत्नीलाई लागेको बयान प्रहरी समक्ष दिएका छन् । यसैबीच, दाङको हापुर–९, सिमलखुरीका ८३ बर्षीय हिमाल बस्नेतको चक्कु प्रहारबाट मृत्यु भएको छ । शनिबार राति उनलाई अपरिचित व्यक्तिहरुले चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने समूहको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !