अत्याधुनिक हलिउड हेयर सैलुनको राजेश हमालद्धारा उद्घाटन




काठमाडौ, असोज ७ ।
 ठमेलमा विदेशी स्तरको  सेवा, सुविधा भएको अत्याधुनिक हेयर सैलुनको आज उद्घाटन गरिएको छ । 
नेपाली काग्रेसको भातृ संस्था नेपाल ठाकुर समाजका अध्यक्ष समेत रहेका अनिरुद्ध ठाकुरले स्थापना गरेको सैलुनको आईतवार नेपाली सिनेमाका महानायक राजेश हमाल र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले संयूक्त रुपमा उद्घाटन गरेका छन् ।

सैलुन उद्घाटन गर्दै महानायक हमालले नेपालमा आधुनिक हेयर सैलुनहरुको अभाव खड्किएको बेला खुलेको हलिउड सैलुनले नेपाली फेसन प्रेमिहरुमा आशा जगाएको भन्दै नेपाली कलाकारहरुकोलागी समेत सैलुन राम्रो जक्सन बस्ने विश्वास ब्यक्त गर्नुभयो  । उहाँले हलिउड सैलुनको उद्घाटनले नेपालमा विश्वस्तरको सैलुन विकासको बाटो खोलेको बताउनुभयो  ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले राजनीति गर्ने अनिरुद्ध ठाकुरले विदेश घुम्दा गरेका अनुभवले नेपालमा खोलेको सैलुन सधै टेन्सनमा बाच्ने नेपाली नेता र पत्रकारहरुकोलागी पनि सुस्ताउने जक्सन बन्ने विश्वास ब्यक्त गर्नुभएको छ । 

कार्यक्रममा नायीका मोनीका दाहाल र क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष रामकुमार क्षत्री, अधिवक्ता कमलप्रसाद आचार्य समेतको उपस्थिति थियो ।

Related

मनोरञ्जन 4435236946221135590

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item