एनसेल टावर मर्मत नहुँदा सेवाग्राही समस्यामा




प्रकाश सुन्दास,काभ्रे,असोज १३ । 

सिन्धुपाल्चोक जिल्लाको स्याउले गाविसमा रहेको एनसेलको टावर बिग्रिएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । असोज १ गतेदेखि नै गाविसको वडा नम्बर–८ गुन्सामा रहेको टावर बिग्रिएकाले एनसेल प्रयोग कर्ताहरु समस्यामा परेका हुन् ।

 टावर मर्मतका लागि कम्पनीले चासो नदिएकाले हिमाली क्षेत्रमा पर्ने गाविसका नागरिकहरुसमेत मोबाइल प्रयोग गर्नबाट बञ्चित भएका छन् । फोन सम्पर्क बिच्छेद भएकाले आफन्तहरुसँग कुरा गर्न निकै कठिनाइ भइरहेको स्याउलेका विनोद नेपालीले जानकारी दिनुभयो । 

Related

विविध 6353470408021160002

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item