आज ३१ औं, विश्व शान्त्ति दिवस
http://sindhulidarpan.blogspot.com/2012/09/peace-day.html
काठमाण्डौ,असोज ५ ।
आज ३१ औ विश्व शान्त्ति दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइदैछ । “दिगो शान्त्तिका लागि राजनीतिक स्थीरता” भन्ने नाराका साथ नेपालले पनि दिवस मनाउने भएको । दिवसको अवसरमा आज सरकारी तथा गैर सरकारी सस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउने भएको हो ।
काठमाण्डूमा पनि दिवसकै अवसर पारेर बिहान प्रभातफेरीलगायतका कार्यक्रम गरिंदैछ । राष्ट्रसंघले सन् १९८१ मा सेप्टेम्बरको तेस्रो मंगलबार अन्तराष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषण गरे अनुसार १९८२ देखि सेप्टेम्वर २१ मा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०६५ सालदेखि शान्ति दिवस मनाउन शुरु गरिएको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !