विमान दुर्घटनासम्बन्धी छानवीन समितिले आजदेखि काम सुरु गर्ने
http://sindhulidarpan.blogspot.com/2012/09/plane.html
काठमाण्डौ,असोज १३ ।
काठमान्डुबाट सोलुको लुक्ला जाने क्रममा हिजो भएको सीता एयरको विमान दुर्घटनाबारे छानवीन गर्न गठन गरिएको समितिले आजदेखि काम सुरु गर्ने भएको छ । सरकारले गठन गरेको समितिलाई छानवीनका लागि तीन महिनाको समय दिइएको छ । सरकारले पूर्व पर्यटन सचिव नगेन्द्रपसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिका सदस्यहरूमा अग्नि एयरका मेघेन्द्रकुमार श्रेष्ठ, तारा एयरका प्रशिक्षक पाइलट राजेश श्रेष्ठ, एभिएसन मेडिकल बोर्डका संयोजक रञ्जितसिंह बराल र मन्त्रालयका सहसचिव सुरेश आचार्य रहनुभएको छ । यसैबीच दुर्घटनामा परी निधन भएकाहरूको शव आज पोस्टमार्टमपछि आफन्तहरूलाई बुझाइने भएको छ । विमानस्थल नजिकै रहेको मनोहरामा विमान दुर्घटना हुँदा निधन भएका १९ जनाको शव हिजै काठमान्डुको शिक्षण अस्पतालमा पु¥याइएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !