आमा कुट्ने छोरामाथी परिवारद्धारा मुद्धा दायर


पोष्टराप पहाडी,सिन्धुली, भदौ २४ । 

गएको भदौ २१ गते आफ्नै आमालाई आक्रमण गर्ने कमलामाई नगरपालीका– ४ का भिम नारायण श्रेष्ठ माथी परिवारले प्रहरी समक्ष सार्वजनिक मुद्धा दायर गरेको छ । परिवारले दायर गरेको मुद्धामा सत्य तथ्य पत्ता लगाई आवश्यकीय कानुनी कारवाहिको माग गरेको प्रहरी श्रोतले जनाएको छ । 
यसैविच सो घटनाको बारेमा विस्तृत जानकारी दिनका निम्ति आइतबार गरिएको पत्रकार सम्मेलन मार्फत परिवारका सदस्य एवं प्रधानमन्त्री बाबुराम भट्टराइका स्वकीय सचिव गंगानारायण श्रेष्ठले अभियुक्तमाथी कार्वाहि गर्न आफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले आफुहरु देशका सम्मपुर्ण जनताको न्यायका निम्ती लडेको भन्दै आफ्नो भन्दैमा अपराधीलाई  त्यसै नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफुहरु न्यायका निम्ती लडेका छौ, उहाँले भन्नुभयो, आफ्नो मान्छे भन्दैमा अपराधीलाई छुटाएर पदको दुरुपयोग गर्दीन ।’ उहाँले अपराधीमाथी नेपालको कानुन अनुसार उसले पाउने सजाय दिनुपर्ने धारणा राख्नुभयो  । उहाँले आफु प्रधान मन्त्रीको स्वकिय सचिव भएको नाताले प्रहरीमाथी कुनै हस्तक्षेप नगर्ने बरु उल्टै प्रहरीलाई सघाउने बताउनुभयो ।  साथै  सो घटना पछि आफ्नै कान्छो भाइसमेत रहेका अभियूक्त भिमनारायणलाई पक्राउ गर्न प्रहरी खटाएको उहाँको भनाई छ । 
अंश बण्डाको निहँुमा झगडा भएको भन्ने सुनिन्छ  नि भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले अंशबण्डाको निहुँमा नभई श्रीमतीसँगको आन्तरीक झगडाको निहुँमा भाईले आमामाथी सांघातिक आक्रमण गरेको जनाउनुभयो । श्रीमती सँग उसको सम्बन्ध केहि महिना अघिदेखीनै असहज थियो’ उहाँले भन्नुभयो –‘ दिउँसो भर खानेपानीको योजनामा काम गरिरहेको भाइ, बेलुका घर नजिकैको एक घरमा रक्सी पिएर घरमा गई हो–हल्ला र जसलाई पायो त्यसलाई पिट्न थालेपछि अरु भाग्न सक्ने सबै भागेको र आमा मनकुमारी श्रेष्ठ वृद्धा हुनाले भाग्न नसकेकोले भाइले आमा माथी आक्रमण गरेको हो ।’ उहाँले थप्नुभयो –‘ अंश बण्डाको कुरा पनी चलेको हुनाले सोही दिन अमिनी लगेर जग्गा नाप्ने कार्यभएकोले बाघ कराउनु र बाख्रो हराउनु जस्तै भयो तर सो झगडा अंशबण्डाको निहुँमा भएको होइन् ।’
यता अंशबण्डाकै विषयमा कुरा चलिरहेको तथा सोहि दिन दिउँसो अमिनी लगी जग्गा छुट्याउने काम भएकोले सो घटना अंशबण्डामै कुरा नमिलेपछि घटेको हुन सक्ने एक श्रोतले जनाएको छ । अभियुक्त भिम नारायण श्रेष्ठलाई एकिकृत नेकपा माओवादीले पार्टीको साधरण सदस्यता पनि नरहने गरि अनिश्चीत कालका लागी  निलम्बन गरिएको सो पत्रकार सम्मेलनमा जानकारी दिइयो  । 
अहिले अभियुक्त  भिमनारायण श्रेष्ठमाथी म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उता घाइते  मनकुमारी श्रेष्ठको अवस्था अझैपनि गम्भिर रहेको श्रोतको भनाई छ । उनलाई जिल्ला अस्पताल सिन्धुलीमा उपचार हुन नसकेपछि सोहि दिन काठमाडाँै पठाएको थियो । काठमाडौँको सिभील हस्पीटलमा भर्ना भएकी उनलाई त्यहाँ उपचार हुन नसकेपछि अहिले विर अस्पतालमा उपचार गराइरहेको सो पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । चिकित्सकका अनुसार उनको मस्तिष्कमा रगत जमेको छ । 

Related

स्थानिय 1106884682729815504

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item