सिन्धुलीमा विश्वमैत्री पुजा
http://sindhulidarpan.blogspot.com/2012/09/sindhuli_10.html
पोष्टराज पहाडी,सिन्धुली,भदौ २५ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालीका – ७ स्थित कर्मासम्तेलीङ गुम्बाको प्राङ्गणमा आजबाट विश्व मैत्री पुजामा सुरु भएको छ । पुजामा महासम्बोधि गुरु धर्मसंघले नेपाली भाषाबाटै प्रवचन दिने भएका छन् ।
![]() |
| फाईल तस्विर |
आइतबार बोधी श्रवण धर्म संघ सिन्धुलीद्धारा आयोजित पत्रकार सम्मेलनमार्फत धर्मसंघले नेपाली भाषामै प्रवचन दिइने जानकारी गराइएको थियो । महासम्बोधी गुरु धर्मसंघका नामबाट तपस्वी राम बहादुर बम्जनले दिइने सो प्रवचन सोमबार मध्यान्ह १२ बजेबाट सुरु हुने संघले जनाएको छ । उहाँले करिब आधा घण्टा प्रवचन दिनुहुनेछ ।
आधा घण्टा सम्म दिइने सो प्रवचनमा तपस्यारत रहदाँ प्राप्त गरेको ज्ञानलाई महासम्बोधी गुरुले सबैमाझ बाड्ने जनाइएको छ । संघका अनुसार ३ दिन सम्म सञ्चालन हुने सो विश्व शान्ती मैत्री पुजामा प्रवचन भने आजमात्र रहने छ । सो प्रवचन सुन्न नेपाल लगायत विदेशका गरि ३ लाख अनुयायी उपस्थित हुने आयोजकको अपेक्षा छ ।
सो पुजामा नेपालका ४३ जिल्ला र विदेशी मुलुकहरु अमेरिका, ताइवान, क्यानडा, अष्ट्रेलिया लगायतका १९ देशका अनुयायीहरु आउनेक्रम जारी रहेको छ । यसैगरि सो पुजालाई शान्त र मर्यादित बनाउका निम्ति २ सय ५० जना स्वयंसेवक खटाइने बताइएको छ । साथै महासम्बोधी गुरुले दिने प्रवचनको सिन्धुली लगायत अन्य जिल्लाका १३ वटा एफएम रेडियोले प्रत्यक्ष प्रशारण गर्ने सो कार्यक्रमका प्रचार संयोजक काजीमान थिङले जनाकारी गराउनुभयो । यसैगरि विश्वशान्ती मैत्री पुजापाठ, मोलम, प्रार्थना, दर्शन तथा अभिषेश पहिलो दिनभन्दा बाहेक हरेक दिन १० बजे देखी ५ बजेसम्म हुने छ भने पहिलो दिन भने दिउसो १ वजेबाट सुरुभई ५ बजे सकिनेछ । पुजा अवधिभर महासम्बोधी गुरु धर्मसंघलाई प्रत्यक्ष दर्शन भेट गर्न पाइने आयोजकको भनाई छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !