तेक्वान्दोका कुशल प्रशिक्षक पूर्ण योन्जन
http://sindhulidarpan.blogspot.com/2012/09/sports_12.html
प्रकाश योन्जन तामाङ
सिरहा , भदौ २७ ।
तेक्वान्दो प्रशिक्षक पूर्ण योञ्जनले खेलबाटै मान र इज्जत पाईरहनुभएकोछ । हाल उहाँ राष्ट्रिय खेलपरिषद्का सगरमाथा अञ्जल मुख्य प्रशिक्षक हुनुहुन्छ । यसका साथै उहाँ पाँचौ डान तथा पहिलो दर्जाका राष्ट्रिय प्रशिक्षक समेत हुनुहुन्छ । धनगढी–८ मुसहर्नीयाका बुवा मिनबहादुर योञ्जन र आमा कालिमाया तामाङको साहीलो छोरोको रुपमा २०२९ साल जेठ १ गते जन्मनु भएको हो । उहाँले राष्ट्रिय रुपमा मात्र हैन देशभन्दा बाहिर गएर समेत प्रशिक्षकको रुपमा प्रशिक्षण दिईसक्नु भएको छ ।
उहाँले हालसम्म दर्जनौं राष्ट्रिय स्तरका खेलहरुमा निर्णायकको भूमिका निर्वाह गर्नुभएको अनुभब संगाल्नु भएको छ । जसमध्य पाँचौ राष्ट्रिय खेलकुद २०६५, छैठौं २०६६, प्रथम राष्ट्रिय गणतान्त्रिक खेलकुद महोत्सव २०६३, चौथो कोशी आमन्तत्रण अन्तराष्ट्रि तेक्वान्दो प्रतियोगिता २०६६, तेस्रो राष्ट्रिय गणतान्त्रिक खेलकुद प्रतियोगिता २०६५ लगाएतका महत्वपूर्ण खेलहरु हुन ।
योञ्जनले रेफ्री तथा प्रशिक्षकको रुपमा दोस्रो आमन्त्रित अन्तराष्ट्रि प्रतियोगिता, दार्जलिङमा सन् २००२, प्रथम कोरीयन राजदुत राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २००३, दोश्रो, तेश्रो र चौथो कोरीयन राजदुद राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरुमा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गर्नु भईसकेको छ ।
२०४६ सालबाट धनगढी डोजाङमा खेल जीवन सुरु गर्नुभएका योञ्जको पहिलो गुरु टार्जन सुवा हुनुहुन्छ । उहाँबाटै प्रशिक्षित हुनुभएका योञ्जनले हालसम्म राष्ट्रिय तथा अन्तराष्टिय स्तरका एकहजार भन्दा बढी खेलाडीहरु उत्पादन गरिसक्नु भएको छ । एसियन मेडेलिष्ट तथा साफ गोल्ड मेडलिष्ट रेनुका थापा मगर, साफ गोल्डमेडलिष्ट रुपा स्याङ्दन लगाएतका राष्ट्रिय स्तरका धेरै खेलाडीहरु उत्पादन गरीसक्नु भएको छ ।
प्रशिक्षक योञ्जनले स्वायम् सेवक प्रशिक्षकको रुपमा गोलबजार, जिरोमाइल, लहान लगाएत देशका विभिन्न भागमा गएर प्रशिक्षण दिईसक्नु भएको छ । २०५० सालमा लहान डोजाङको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुनुभएपछि योञ्जनको प्रशिक्षकिय जीवनले गुणात्मक फड्को मारेको हो । २०५४ सालमा राष्ट्रिय खेलकुद परिषद्द्वारा सगरमाथा अञ्चलको मुख्य प्रशिक्षक तथा प्रमुखका रुपमा नियुक्त भएका योञ्जन अनवरत रुपमा खेलजीवनमै समर्पित हुनुहुन्छ । वहाँले छैठौं नेपाल तेक्वान्दो एसोसीयनद्वारा २००९ मा रेफ्रि रिफ्रेसर कोर्ष, नेपाल तेक्वान्दो एसोसीयनद्वारा १९९८ मा रेफ्रि रिफ्रेसर कोर्ष, अन्तराष्ट्रि ओलम्पीक कमिटीद्वारा सञ्चालित टेक्निकल कोर्ष लगाएत विभिन्न प्रकारका रेफ्रि तथा प्रशिक्षक कोर्षका तालिमहरु लिइसक्नु भएको छ । योञ्जनले २०६८ मा राष्ट्रिय रेफ्रि प्रथम दर्जाको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
थुप्रै राष्ट्रियस्तरका पुरस्कारहरुद्वारा सम्मानिय हुनुभएका योञ्जनलाई पछिलो पटक २०११ मा अन्तराष्ट्रिय तेक्वान्दोका अध्यक्ष काङ्–वान–सिकले तेक्वान्दो विकासको निमित्त महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गर्नुभएको थियो ।
दुई सन्तानका पिता प्रशिक्षक योञ्जन खेलाडीका रुपमा समेत निकै अब्बल दर्जाका मानिनुहुन्थ्यो । वहाँले राष्ट्रिय स्तरका करिव दुई जर्दन खेलहरुमा प्रथम पुरस्कार प्रप्त गर्नुभएको थियो भने, फिलिपिन्समा सम्पन्न ११ औं एसियन तेक्वान्दो च्याम्पीयन सिप र हङ्कङमा सम्पन्न चौंधौं एसियन तेक्वान्दो च्याम्पियन सिप प्रतियोगिता समेत खेल्नु भएको थियो ।
खेल तथा खेलाडीरुको संस्थाहरुमा सम्वद्ध योञ्जन हाल तेक्वादो प्रशिक्षक तथा प्रविधिका पूर्वाञ्चल उपाध्यक्ष हुनुहुन्छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !