दुई युवतीसहित दुई दलाल पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/09/news_13.html
कलैया, भदौ २८ । जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले आज बिहान बाराको धर्मनगर गाविसनजिक जाँच गर्नेक्रममा दुई युवती र दुई दलालसहित चार जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक रामनाथ घिमिरेदे जनाका छन् । काभ्रे जिल्लाकी २६ वर्षीया मिठू परियार र नवलपरासीकी २२ वर्षीया सङ्गीता तिमल्सिनालाई भारतमा बिक्री गर्ने उद्देश्यले ना १ज १७४१ नम्बरको जिपमा राखी धर्मनगरको बाटो हुँदै भारततर्फ लैजाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । केटी बिक्री दलाल कलैया–८ बस्ने महमद अलाउद्दिन र कलैया–८ बस्ने प्रकाश साहलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि आजै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !