माधुरी दिक्षितलाई दिनको करोड
http://sindhulidarpan.blogspot.com/2012/09/tv-show.html
मुम्बई : बलिउड अभिनेत्री माधुरी दीक्षितले एक टेलिभिजन सोको कार्यक्रममा एक दिनको एक करोड रुपैया लिने भएकी छिन् । कलर्स टेलिभिजनबाट प्रसारण हुँदै आएको डान्स रियालिटी सोको झलक दिखलाजामा निर्णायक बनेबापत उनले एक दिनको एक करोड मागेकी हुन् ।
च्यानल उनको यो डिमान्ड पूरा गर्न तयार भएको एजेन्सीले बताएको छ । यो रियालिटी सो हप्ताको दुई दिन प्रसारण हुन्छ । कुशल अभिनयका साथै उत्कृष्ट नृत्य गर्न सक्ने क्षमताका कारण कुनै समय बलिउडकी नम्बर १ नायिका रहेकी माधुरी बिहेपछि चलचित्रबाट टाढिएकी हुन् । पछिल्लोपटक उनले ५ वर्षअघि आजा नाचले चलचित्रमा अभिनय गरेकी थिइन् । यसै रियालटी सोको अघिल्लो संस्करणमा समेत निणार्यक
बनेकी माधुरीले त्यसपटक भने यति धेरै रकम लिएकी थिइनन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !