नेपाललाई विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि
http://sindhulidarpan.blogspot.com/2012/09/sports_1248.html
काठमाण्डौ,भदौ २५ ।
मलेसियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि हात पार्न नेपाल सफल भएको छ । आज भएको खेलमा ८ विकेटले अमेरिकालाई पराजित गर्न सफल भएपछि नेपालले उपाधि जितेको हो ।
पहिले टस रोजेर ब्याटिङ थालेको अमेरिकाले नेपाललाई जम्मा १ सय ४५ रनको लक्ष्य दिएको थियो । एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा एक सय ४७ जोड्न सफल भयो ।
खेलमा ज्ञानेन्द्र मल्लको ६६ रनको योगदान रह्यो । नेपाली क्रिकेटको इतिहासमा यो सबैभन्दा ठूलो जित हो । आजको जितसँगै नेपाल डिभिजन ४ को सबै ६ खेलमा विजयी हुने टिम बन्न पनि सफल भएको छ । यसअघि हिजो डेनमार्कलाई २५ रनले हराउँदै नेपाल डिभिजन ३ मा उक्लिन पनि सफल भएको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !