दुर्घटनामा दुईको मृत्यु,२३ यात्रु घाईते



मकवानपुर,कात्तिक ३ ।

 मकवानपुर जिल्लास्थित मनहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २३ यात्रु घाईते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा.२ ख ९० नम्वरको बस र विपरीत दिशाबाट आइरहेको ना.४ ख १२३३ नम्वरको ट्रक आज विहान साढे एक बजे मनहरी–७, जयसिंहस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा एक आपसमा ठक्किएका हुन् । 

तिव्रगतिमा रहेका सवारी साधन नियन्त्रण हुन नसके पछि दुर्घटना भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । दुर्घटनामा बसका यात्रु सुनसरी जिल्ला ईनरुवा–८ बस्ने बसन्त मेहता र संखुवासभा जिल्ला खाँदवारी बस्ने किशोर कट्टेलको घटनास्थलमै मृत्यु भएको हो । बस चालक सहित २३ जना घाइतेलाई उपचारका लागि चितवनको भरतपुरस्थित मेडिकल कलेजमा लगिएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।

Related

राष्ट्रिय 7463311933335099404

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item