सिन्धुलीमा युवा सघंको कमिटी विस्तार



सिन्धुली,कात्तिक ३ । 
युवा संघ नेपालले सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५ मा कमिटी विस्तार गरेको छ । सिताराम लामिछानेको संयोजकत्वमा १५ सदस्य कमिटि विस्तार गरिएको युवा संघ सिन्धुलीका नगर कमिटी  अध्यक्ष राजिववावु देवकोटाले जानकारी दिनुभयो । कमिटीका अन्य सदस्यहरुमा सन्जय कार्की, रोहित भुजेल, सुवास लामा, कुसुम पोखे्रल, मिलन आछामे, जोसल ढकाल, कुलदिप पोडेल लगायतका रहेका छन् ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्ग खत्रीले वर्तमान अवस्थामा युवाको भूमिका गहन भएको वताउनुभयो ।  राजनीतिक तथा सामाजिक परिवर्तनमा युवा कदम अपरिहार्य भएको भन्दै वहाँले जस्तो सुकै अवस्थामा पनि देशका लागि युवा एकजुट हुनुपर्ने वताउनुभयो । शेर वहादुर तामाङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाल्गुणी शर्मा, सिताराम लामिछाने, केशव फुँयाल, राजिव देवकोटा, शान्ता पाख्रिन लगायतले मन्तव्य राख्नुभएको थियो ।

Related

स्थानिय 5730316886867912287

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item