अलपत्र परेकी सिन्धुलीकी सविना ललितपुरमा

http://sindhulidarpan.blogspot.com/2012/10/sindhuli_5009.html
सिन्धुली, कात्तिक ३ ।
केही दिनअघि ललितपूरमा नाबालक छोरीसहित फेला परेकी सिन्धुलीकी सविना थापा मगरलाई एक संरक्षण केन्द्रले जिम्मा लिएको छ । ललितपूरको बुङमतिमा नाबालक छोरीसहित फेला परेकी करिब दुई फिट उचाई भएकी सिन्धुलीकी सविना थापा मगरलाई स्थानीयको सहयोगमा राष्ट्रिय पीडित उद्धार परामर्श समाजले लवप्रसाद सुधार संघको जिम्मा लगाएको हो । संघकी अध्यक्ष उषा ओलीले आमा र शिशुको पालण पोषण गर्ने बताउनुभयो । ‘म आमा र शिशुको पालन पोषणका साथै उचित शिक्षा दिक्षाको व्यवस्था गर्छु ’ वहाँले भन्नुभयो ।
एक महिनाअघि सुत्केरी भएकी मगरलाई उनका श्रीमान्ले बुङमतीमा अलपत्र पारेर गएको स्थानीयले बताएका छन् । मगरले आफू स्वस्थ भएर घर जान चाहे पनि छोरीको उचित भविष्यका लागि सुधार गृहमा बस्ने बताउनुभयो । ओलीले मूलपानी–८ मा रहेको आफ्नो संस्थाले अन्य १७ बालबालिकाको पालन पोषण तथा शिक्षा दिक्षाको व्यवस्था गर्दै आएको बताउनुभयो । झापा सुरुङगा स्थायी घर भएकी ओली पिताको नाममा संस्था खालेर तीन वषएदेखि समाज सेवामा लागिरहनुभएको छ । वहाँले खगेन्द्र नवजीवन केन्द जोरपाटीमा संचालन गरेको क्यानटिनको आम्दानीले बालबालिको पालन पोषण गर्दै आउनुभएको छ । राष्ट्रिय पीडित उद्धार परामर्श समाजका अध्यक्ष राजकुमार बस्नेतले बिचल्ली अवस्थमा रहेकी महिलाको उद्धार गर्न पाउ“दा खुसी लागेको बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !